धरानमा घरमै मृत्यु भएका पुरुषमा कोरोना संक्रमण

विराटनगर, १६ भदौ । धरानमा घरमै मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ मृत्यु भएका धरान उपमहानगरपालिका – ११ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मृत्यु भएका व्यक्ती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व कर्मचारी हुन ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका पुरूषकाे मृत्युपछि मंगलबार बिहान स्वाब संकलन गरेर जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृत्यु अघि संक्रमित व्यक्ती बजार क्षेत्र डुलेका थिए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मृतक पुरुषको रिपोर्ट पोजेटिभ आएको बताए ।

मृतक धरान ११ मंगलबारे चोकमा डेरा गरी बस्ने बृद्धमा ज्वरो र निमोनियाको पनि समस्या रहेको बताइएको छ ।

योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । धरानमा कोरोना संक्रमितको संख्या १७० छ ।

Loading...