आँसु रोक्दा शरीरमा हुने प्रतिक्रियाहरू यस्ता

विराटनगर, १६ भदौ । धेरैजसो मानिसहरू दुःखी भएको बेलामा रुने गर्छन् । तर, कहिलेकाहीँ चिन्तित हुँदा, निराश हुँदा, रिसाएको बेलामा वा अस्वस्थ महसुस गरिरहेका बेलामा पनि मानिसहरू रुने गर्छन् ।

दिमागले शरीरको तनाव प्रतिक्रियालाई सक्रिय गर्दा मानिसहरू रुने गर्छन् । मन हलुको पार्ने, राम्रो महसुस गराउने, आँखा सफा गर्ने जस्ता रुनुका फाइदाहरू पनि धेरै छन् । तर, लाजका कारण वा कमजोर हुने डरले मानिसहरू रुँदैनन् वा आँसु झार्दैनन् । मानिसहरूले रुने चाहनाको प्रतिरोध गर्ने कार्यमा धेरै अध्ययनहरू गरिएको छैन तर, हामी सबैले आफ्नो आँसु थाम्ने प्रयास गर्दा महसुस गर्ने अनुभूतिसँग परिचित नै छौं ।

मानिसहरूले आफ्नो आँसु रोक्ने प्रयास गर्दा शरीरमा विभिन्न प्रतिक्रिया हुने गर्छ । यसले तनावलाई थप बढाएर एन्जाइटी, निद्रामा गडबडी, छिटो रिसाउने बानीहरू विकास गराउँछ । रुने चाहनाको प्रतिरोध गर्दा वा आँसु रोक्ने प्रयास गर्दा दिमागमा धेरै मात्रामा स्ट्रेस हर्मोन रिलिज हुन्छ । यी हार्मोनहरूले भोक र रगतमा चिनीको स्तरलाई गडबड गर्न सक्छ ।

आँसु रोक्ने प्रयासले गर्दा शरीरमा रिलिज हुने हर्मोनले चाहिनेभन्दा धेरै रगत मांशपेशीमा पठाउने गर्छ । यसले दिमागको यो भाग पनि सक्रिय गर्छ जसले फाइट टु फ्लाइट कार्यहरू नियन्त्रण गरी शरीरको प्रतिक्रियामा ट्रिगर गर्छ । फाइट टु फ्लाइट प्रतिक्रिया एक शारीरिक प्रतिक्रिया हो जसमा एक कथित हानिकारक घटना, आक्रमण वा अस्तित्वको खतराको प्रतिक्रियामा देखा पर्ने गर्छ ।

आँसु रोक्ने प्रयास गर्दा मुटुको गति तेज हुनुका साथै, रक्तचाप बढ्ने, सास फेर्न (सास छिटो–छिटो फेर्ने वा ढिलो फेर्ने) समस्या तथा मुटको समस्या पनि निम्तिन सक्छ । तनावग्रस्त हुँदा नाक र फोक्सोको बीचको वायुमार्ग कडा हुने हुँदा सास फेर्दा समस्या निम्तिने गर्छ । त्यसैले कहिले पनि रुन आवश्यक छ भनेर महसुस भए नियमित तालिकामा फिर्ता जानुअघि केही समय निकालेर रुनुस् ।

Loading...