कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

चितवन, १६ भदौ । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ ।

कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनका ९ जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपरासी सुस्ता पूर्वका १÷१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जिल्लाका ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...