Rumpum

Rumpum Advertisement

जेसीजको वेभिनारमा फ्रन्टलाइनमा काम गर्नेलाई सम्मान

जेसीजको वेभिनारमा फ्रन्टलाइनमा काम गर्नेलाई सम्मान

विराटनगर, १६ भदौ । विराटनगर जेसीजको अनलाइन वेभिनार–२०२० मा फ्रन्टलाइनमा काम गर्ने आफ्ना सदस्यलाई सम्मान गरेको छ । ८ भदौंबाट एक सातासम्म सञ्चालन भएको वेभिनारमा जोखिमका बीच फ्रन्टलाइनमा काम गर्ने आफ्ना सदस्यहरुलाई सम्मान गरेको हो ।

लकडाउनको समयमा विराटनगरका विभिन्न अस्पतालमा बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाउने अभियानमा सक्रिय भएका देवचन्द्र घिमिरे, कोभिड अस्पतालमा काम गर्ने केशव बस्नेत र धरान कोभिड अस्पतालमा कार्यरत प्रशंसा पौडेललाई सम्मान गरेको हो ।

वेभिनारको पहिलो दिन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीसँग कोभिड–१९ र विराटनगरको विकास विषयमा अन्तक्र्रिया गरिएको थियो । दोश्रो दिन भाषणकलासम्बन्धी तालिम सञ्चालन गरेको थियो । तेस्रो दिन नेपाली कांग्रेसका युवा नेता गगन थापासँग कोरोना भाइरसको समाधान र अबको आर्थिक चुनौतीसम्बन्धी संवाद गरेको थियो ।

चौथो दिन डिजिटल उद्यमशीलता र पाँचौ दिन मनोज गजुरेल र विपिन कार्कीलगायतका कलाकारहरुसँग संवाद गरेको थियो । छैटौ दिन नेपाली टोलीका पूर्व कप्तान पारस खड्कासँगको अन्तक्र्रिया गरेको जेसीजले सातौं दिन वेभिनारमा अन्तक्र्रिया तथा सम्मान कार्यक्रम गरेको थियो ।

वेभिनारको अवधिमा करिब एक हजार दुई सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रममा जेसीजले आफ्ना विभिन्न सदस्य विज्ञान बस्नेत, अभिषेक भट्टराई, तुलसी निरौला, पंकज सापकोटा, बैजनाथ भगत, सनराइज चौधरी र प्रवेश दुलाललगायतलाई जेसीज अफ द मन्थको रुपमा पुरस्कृत गरेको थियो ।