Rumpum

Rumpum Advertisement

परदेशीको व्यथा समेटिएको ‘सयौं डाँडा काट्दै आएँ’ (भिडियोसहित)

परदेशीको व्यथा समेटिएको ‘सयौं डाँडा काट्दै आएँ’ (भिडियोसहित)

विराटनगर, १६ भदौ । परदेशीको व्यथा समेटिएको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोलाई टुवेल्भ नोट्स नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीतकार पासाङ शेर्पाको शब्द रहेको गीतलाई बिक्रम बरालले गाएका छन् भने गीतमा हरि लम्सालले संगीत भरेका हुन् । बराल नेपाल आइडल २ का उपविजेता हुन् । निकेश खड्काको निर्देशन रहेको म्युजिक भिडियोमा वर्षा राउत र गौरव पहाडीको प्रस्तुति देख्न सकिन्छ ।

पासाङको गीतले प्रवासी नेपालीको कथा बोकेको छ । घरपरिवारलाई छोडेर परदेशिनुको पीडा, परदेश गएपछि हुने एक्लोपन, तथा त्यहाँ भोगेका दुःखलाई गीतका शब्दले बयान गर्न खोजेको छ भने वर्षा र गौरवको अभिनयले गीतकालाई जीवन्तता प्रदान गरेको छ । बुद्ध थापा र ईश्वर आर थापाको छायांकन रहेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।