Rumpum Advertisement

चितवनमा चार कोरोना संक्रमितको मृत्यु

चितवनमा चार कोरोना संक्रमितको मृत्यु

चितवन, १६ भदौ । चितवनमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो तीनजनाको मृत्यु भएको हो । गएराति चितवन मेडिकल कलेजमा थप एकजनाको मृत्यु भएको हो ।

सोमबार मृत्यु भएका तीन जनाकाे गएराति कोरोना पोजेटिभ रिपोर्ट आएको हाे ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला छन् ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक मध्ये एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो । मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो ।

गएराति चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।