प्रदेश १ सहित मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर, १६ भदौ । प्रदेश १ सहित मुलुकका विभिन्न स्थानमा मंगलबार (आज) भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हो । अहिले प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मौसममा सामान्य बद्ली भई मनसुनी गतिविधि अघिल्ला दिनको भन्दा केही सक्रिय बनेको हो । केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा भारी वर्षको सम्भावना रहेको अनुमान गरिएको छ ।

वर्षा हुने क्षेत्रमा बाढीपहिरो र डुबानको समस्या आउन नसक्नेभन्दै उच्च सावधानी अपनाउन आवश्यक रहेको मौसम विद्हरुले बताएका छन् ।

Loading...