Rumpum

Rumpum Advertisement

अस्पतालको पूर्वाधार विकास गरिने

अस्पतालको पूर्वाधार विकास गरिने

विराटनगर, १६ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर शøया थप गर्ने कार्यमा लागेको बताएका छन् ।

उनले अस्पतालको पूर्वाधार विकाससँगै कोरोनाविरुद्ध तीनै तह सक्रिय भएर लाग्नुपर्ने बताए । यो महामारीबाट नागरिकलाई बचाउन सरकार निरन्तर क्रियाशील भएको चर्चा गर्दै मन्त्री त्रिपाठीले स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञालाई पालना गर्न, अनावश्यक हिँडडुल नगर्न र मास्कको प्रयोग गर्न प्रदेश तथा स्थानीय सरकार क्रियाशील रहेको बताए ।

उनले कोरोना भाइरस )कोभिड–१९) बाट सिर्जित समस्याको समाधान गर्न स्थानीय तहको ध्यान सुविधा सम्पन्न आइसोलेसन सेन्टर निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताए । सङ्घ र प्रदेश सरकारले समेत आइसोलेसन निर्माणमा ध्यान केन्द्रित गरिरहेकाले स्थानीय तहको ध्यान पनि साधन र स्रोतले भ्याएसम्मको आइसोलेसन सेन्टर निर्माणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

स्थानीय तहका लागि आवश्यक बजेट सीधै अर्थ मन्त्रालयले स्थानीय तहमा पठाउने भएकाले सङ्घीय मन्त्रालयमा माग नभएको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ