अदामा नेशन्स लिग खेल्ने स्पेनिस टोलीबाहिर

एजेन्सी, १६ भदौ । स्पेनिस खेलाडी अदामा ट्राओरेले नेशन्स लिग नखेल्ने भएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनले नेशन्स लिग नखेल्ने पक्का भएको हो ।

लुइस इन्क्विी नेतृत्त्वको टोली स्पेनका खेलाडी तथा स्टाफहरूको हालै कोरोना परीक्षण गरिएको थियो । स्पेनको प्रशिक्षण मैदान लास रोजासमा गरिएको उक्त परीक्षणमा अदामाको रिपोर्ट पोजिटिभ आएको हो ।

वुल्भसका फरवार्ड अदामा कोरोना देखिने दोस्रो स्पेनिस खेलाडी हुन् । यसअघि मिकेल ओर्याजबललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना देखिएपछि २४ वर्षीय अदामा स्पेनको टोलीबाट बाहिरिएका छन् । स्पेनले नेशन्स लिगअन्तर्गत बिहीबार राति जर्मनीसँग खेल्ने छ भने आइतबार राति युक्रेनसँग खेल्नेछ ।

Loading...