डेभिड सिल्भालाई कोरोना संक्रमण

एजेन्सी, १६ भदौ । स्पेनिस स्टार डेभिड सिल्भालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालै मात्र रियल सोसिडाडमा अनुबन्ध भएका सिल्भालाई कोेरोना पोजिटिभ देखिएको हो ।

सोमबार सोसिडाडले सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको हो । कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेशनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।

म्यानचेस्टर सिटीका पूर्वस्टार सिल्भा हालै मात्र सोसिडाडले अनुबन्ध भएका हुन् । सिल्भाले ला लिगा क्लब सोसिडाडसँग २ सिजनका लागि सम्झौता गरेका छन् ।

३४ वर्षीय विश्वकप विजेता सिल्भा प्रिमियर लिगमा सबैभन्दा छिटो २०० खेल जित्ने खेलाडीसमेत रहेका हुन् । उनले चार प्रिमियर लिग, दुई एफए कप र पाँच लिग कपको उपाधि जितेका छन् ।

Loading...