Rumpum

Rumpum Advertisement

निषेधाज्ञामा गाँजा तस्करी : विराटनगरबाट १४६ किलो गाँजासहित एक पक्राउ

निषेधाज्ञामा गाँजा तस्करी : विराटनगरबाट १४६ किलो गाँजासहित एक पक्राउ

विराटनगर, १५ भदौ । निषेधाज्ञाको समयमा सशस्त्र प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्रबाट १४६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

ट्याक्टरमा फल्स बटम बनाएर लुकाएर भारत तर्फ लैजादै गरेको अवस्थामा विराटनगर– १७ एकिकृत भन्सार जाँच चाैकी क्षेत्रबाट १४६ किलाे गाँजा बरामद गरेको हो ।

को २ त ६०५७ नम्बरको ट्याक्टरमा फल्स बटम बनाएर लैजादै गरेको अवस्थामा १४६ किलो गाँजासहित ट्याक्टर चालक सुनसरीको गढी गाउँपालिका ३ का सुरेशकुमार मेहतालाई नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

सुनसरीबाट आएको ट्याक्टर विराटनगर हुँदै आइसिपी तर्फबाट भारत जाने क्रममा चेकजाँच गर्दा गाँजा बरामत भएकाे हाे ।