प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

विराटनगर, १५ भदौ । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा जाँच गर्दा साेमबार साँझ संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिनयता होम आइसोसनमा थिए । घिमिरेलाई ज्वराे र झाडापखलाकाे समस्या देखिएकाे थियाे ।

१३ भदाैमा धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि घिमिरे अस्वस्थ्य भएपछि हाेम आइसोसनमा बसेका थिए ।

‘मेरो रिपोर्ट पोजेटिभ आयो ।’ काेशी अनलाइनसँग मन्त्री घिमिरेले भने ‘ कोरोनासँग जुध्दाजुध्दै संक्रमणले भेट्यो ।’ घिमिरे संक्रमण नियन्त्रणमा सक्रिय थिए ।

Loading...