सुनिल शर्माले किने काठमाडौं मेडिकल कलेज, अध्यक्षमा चयन

विराटनगर, १५ भदौ । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक शुनिल शर्माले काठमाडौं मेडिकल कलेजको ५१ प्रतिशत सेयर किनेका छन् । कलेजको आधा स्वामित्व खरिद गरेको शर्मा सोमबार अध्यक्षमा चयन भएका छन् ।

काठमाडौं-सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को संस्थापक सेयरको ५१.३८ प्रतिशत शेयर खरिद गरेका शर्मा सोमबार अध्यक्षमा चयन भएका हुन् ।

संस्थापक सेयरको प्रति शेयर ६ सय रुपैयाँका दरले २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले खरिद गरेको स्रोतले जानकारी दिएको छ ।

Loading...