Rumpum

Rumpum Advertisement

लामो समयसम्म बार्सिलोनामा बस्छु : ब्रेथवेट

लामो समयसम्म बार्सिलोनामा बस्छु : ब्रेथवेट

एजेन्सी, १५ भदौ । बार्सिलोनाका स्ट्राइकर मार्टिन ब्रेथवेटले लामो समयसम्म क्याप नोउमा बस्ने बताएका छन् । गत फेब्रुअरीमा मात्र लेगानेसबाट क्याटलान क्लब आएका डेनिस फुटबल खेलाडी ब्रेथवेटले हालै दिएको अन्तर्वार्तामा लामो समयसम्म बार्सिलोना बस्ने जनाएका हुन् ।

लेगानेसबाट प्रतिद्वन्द्वी क्लब क्याप नोउ आएका उनले बार्सिलोनासँग चार वर्षका लागि सम्झौता गरेका छन् । आफू उपाधिको भोको रहेको बताउँदै ब्रेथवेटले लामो समयसम्म बार्सिलोनाबाट खेल्ने बताए ।

‘मैले आफ्नो सरुवाबारे कसैलाई सुनाएको छैन र यसबारे सोचेको पनि छैन’, उनले बीटी स्पोर्ट्ससँग बोल्दै भने, ‘म बार्सिलोनाबाट अर्को सिजनको तयारीबारे मात्र सोचिरहेको हुन्छ । र, म खेल र उपाधिको भोको छु ।’

‘म अझै पनि आफूलाई बार्सिलोनामा लामो समयसम्म देख्छु । र, लामो समयसम्म बस्छु पनि । मैले अर्को क्लबसँग छलफल नगर्नसमेत मेरा एजेन्टलाई भनेको छु । यसैले यसबारे कुरा भएको छैन,’ उनले भने ।