Rumpum

Rumpum Advertisement

ट्रम्पले भने : जापानको इतिहासमा आबे सबैभन्दा राम्रो प्रधानमन्त्री

ट्रम्पले भने : जापानको इतिहासमा आबे सबैभन्दा राम्रो प्रधानमन्त्री

एजेन्सी, १५ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेएका जापानिज प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सबैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिए ।

जापानका तत्कालिन प्रधानमन्त्री ६५ वर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गरेका थिए । आफ्नो अस्वस्थताका कारणले गर्नु पर्नेजति काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएका थिए ।

गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरूका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गरेका थिए ।

समीक्षाका क्रममा दुई नेताले आफूहरूबीचको सम्वन्ध विशिष्ट प्रकारको भएको चर्चा गरेका थिए ।

आबेले पद त्यागको घोषणा गरेपछि उनीहरूका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरेका थिए ।