राकिटिक सेभिल्ला फर्किने

एजेन्सी, १५ भदौ । क्रोएशियन मिडफिल्डर इभान राकिटिक पूर्वक्लब सेभिल्ला फर्किने भएका छन् । बार्सिलोनामा ६ सिजन बिताएका ३२ वर्षीय राकिटिक फेरि सेभिल्लामा अनुबन्धन हुने भएका हुन् ।

‘द गार्जियन’का अनुसार सोमबार उनले पूर्वक्लब सेभिल्लामा मेडिकल टेस्ट पनि गरिसकेका छन् । दुवै पक्षबीच पेपरको काम मात्र बाँकी रहेको खबरमा जनाइएको छ । खबरका अनुसार उनले पूर्वक्लबसँग पुनः तीन वर्षका लागि सम्झौता गर्नेछन् ।

सन् २०१४ मा क्याप नोउ आएका उनले बार्सिलोनासँग आफैंले अर्को क्लब जाने बताएका हुन् । बार्सिलोनामा पूर्वप्रशिक्षकद्वय अर्नेस्टो भाल्भेर्डे र क्वीक सेटिन रहँदा उनले कमै मौका पाएका थिए ।

अब, नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको प्रोजेक्टमा भने उनी रहेका छैनन् । यसैले उनी पूर्वक्लब फर्किएको बताइएको छ । उनले बार्सिलोनाका लागि ३१० खेल खेलेका छन्, जसमा उनले ३६ गोल गरेका छन् ।

Loading...