Rumpum

Rumpum Advertisement

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति भण्डारी

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, १५ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट आफू मर्माहत भएको बताएकी छन् ।

साेमबार साँझ ट्वीट गर्दै भण्डारीले नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

“उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, उनकाे ट्वीटमा उल्लेख छ ।