Rumpum

Rumpum Advertisement

एघार अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री वितरण

एघार अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री वितरण

विराटनगर, १५ भदौ । सडकपेटीमा भोकै बसिरहेका बेसहारा, असहाय र अशक्तहरूलाई निःशुल्क खाना खुवाउँदै आएका युवा समूहले विराटनगर क्षेत्रका ११ अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

सोमबार खाद्यान्न वितरण गरेको हो । वितरण गरिएको खाद्यान्नको प्याकेजमा १३ केजी चामल, तरकारी, तेल र नुन उपलब्ध गराइएको युवा अभियन्ता ओसिम आलमले बताए ।

विराटनगर महानगरपालिका र नेपाल अपाङ्ग महासंघमा पटक–पटक समस्या बताएपनि सहयोग नपाएकाे विपन्नहरूले बताएका छन । ‘समस्या सुनिदिने कोही नभएपछि मैले ओसिम दाइलाई सम्पर्क गरेँ,’ सन्तोष थापामगरले भने, ‘कसैले नसुनिदिएको हाम्रो व्यथा बुझिदिएर सहयोग गर्नुभयो ।’

युवा समूहले अपाङ्गता भएकाे परिवारलाई सहयोग गरेको यो तेस्रो पटक हो । झण्डै चार महिना लामो लकडाउनमा समस्या परेको अपाङ्गता भएकाहरूकाे परिवारलाई दुई पटक राहत सामग्री उपलब्ध गराएको थियो ।