Rumpum

Rumpum Advertisement

असोज १ गतेबाट आन्तरिक उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने

असोज १ गतेबाट आन्तरिक उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने

काठमाडौं, १५ भदौ । सरकारले आगामी १ असोजाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आगामी १ असोजाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याइने जानकारी दिए ।

मन्त्री खपितवडाले कोरोना संक्रमणको जोखिम यथावत रहेपछि सरकारले १ असोजबाट मात्र अन्तरजिल्ला र लामो दूरीका यातायातका साधान सञ्चालनमा ल्याउने निर्णय गरेको बताए । उनले आगामी १ असोजबाट आन्तरिक हवाई उडान समेत सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए ।

यसअघि भदौ १६ गतेबाट अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने भनिएको थियो ।