भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

विराटनगर, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । सोमबार ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।

कोरोना संक्रमण देखिएका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको उनका छोरा अभितिज मुखर्जीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो । गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

Loading...