सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको शव भेटियो

सिन्धुपाल्चोक, १५ भदौ । सिन्धुपाल्चोकको जुगल–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।

३० साउन बिहान गएको उक्त पहिरोमा बेपत्ता भएकामध्ये सोमबार दुई पुरुष र एक महिलाको शव फेला परेको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यससँगै पहिरामा ज्यान गुमाउने ३६ जना पुगेका छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो । ३९ जना पुर्ने गरी बस्तीमाथिबाट आएको पहिरोमा अझै तीन बेपत्ता छन् ।

पहिरोमा हराइरहेकाको खोजीमा नेपाली सेना र नेपाल प्रहरी र स्थानीयबासी जुटेका छन् ।

Loading...