संखुवासभामा ७ प्रहरीसहित थप ९ जनामा कोरोना संक्रमण

खाँदबारी, १५ भदौ । संखुवासभामा सोमबार ७ नेपाल प्रहरीसहित थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका ६ जना पुरुष प्रहरी र प्रहरी कार्यालयकै क्यान्टाइननमा कार्यरत २२ वर्षीया महिला गरी ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै खाँदबारी क्वारेन्टाइनमा रहेका दुई पुरुषसहित ९ जनामा जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । खाँदबारी क्वारेन्टाइनमा रहेका २ जना संक्रमितहरू एक साताअघि बुटवलबाट आएका हुन् ।

यससँगै संखुवासभामा संक्रमितको संख्या २६ पुगेको छ । यसअघि संखुवासभामा १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरूमध्ये ८ जना उपचारपछि घर फर्किसकेका छन् भने ९ जनाको उपचार भइरहेको छ ।

Loading...