Rumpum

Rumpum Advertisement

जोकोभिकले बनाए नयाँ संगठन

जोकोभिकले बनाए नयाँ संगठन

एजेन्सी, १५ भदौ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिकले टेनिस खेलाडीहरूको अर्काे संगठन बनाएका छन् ।

विश्व नम्बर १ टेनिस खेलाडी जोकोभिकले क्यानाडाका भासेक पस्पिसिलसँग मिलेर प्रोफेशनल टेनिस प्लेयर एसोसिएसन (पीटीपीए) गठन गरेका हुन् ।

जोकोभिकले एक साताअघि मात्र एसोसिएसन अफ टेनिस प्रोफेशनल्स् (एटीपी)को अध्यक्षबाट राजीनामा दिएका थिए । एटीपी सन् १९७२ मा गठन भएको थियो ।

एटीपीविरुद्ध जोकोभिक र भासेक मिलेर नयाँ संगठनको रुपमा प्रोफेशनल टेनिस प्लेयर एसोसिएसन (पीटीपीए) गठन गरेका हुन् ।

जोकोभिकले हालै वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि जितेका थिए । जोकोभिचले क्यानडाका मिलोस राओनिचलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेका थिए ।