Rumpum

Rumpum Advertisement

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ भदाै । काठमाडाैं उपत्यकामा साेमबार थप २९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा थप दुई सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

सङ्क्रमित हुनेहरूमा काठमाडौँमा १९० जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जना रहेका छन् ।