कोरोनाबाट चार वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु

विराटनगर, १५ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।

सोमबार सात जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज तीन महिला र ४ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महाेत्तरीकी ४ वर्षीया बालिकासहित, गाेरखा र रुपन्देहीकी महिलाकाे ज्यान गएकाे हाे । यस्तै झापा, राैतहट, चितवन र भक्तपुरका एक-एक पुरुषकाे काेराेनाबाट मृत्यु भएकाे उनले जानकारी दिए ।

Loading...