सोमबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १५ भदौ । नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यससँगै काेराेना संक्रमितकाे संख्या ३९ हजार ४६० पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ४१० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...