पर्सामा ३४ नयाँ संक्रमित थपिए

पर्सा, १५ भदौ । पर्सामा सोमबार ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ८ जना महिला र २६ जना पुरुष गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएका स्वाबको नमूना परीक्षणको आज दिउँसो आएको रिपोर्टमा ३४ जनाको पोजिटिभ आएको हो ।

यससँगै पर्सामा कोरोना संक्रमितको संख्या २ हजार १ सय ९४ पुगेको छ । जसमा, एक हजार ७ सय ४ जना पुरुष र ४ सय ९० जना महिला रहेका छन् ।

Loading...