मधुमेह भएका महिलाहरूमा मुटुरोग हुने सम्भावना उच्च

विराटनगर, १५ भदौ । मधुमेह भएका महिलाहरूमा कोरोनरी हृदय रोग (सीएचडी) हुने सम्भावना मधुमेह भएका पुरुषहरूभन्दा ४४ प्रतिशत बढी हुन्छ ।

युरोपियन एसोसिएसन फर स्टडी अफ डायबिटीजको पत्रिका डायबेटोलिया जर्नलमा प्रकाशित अध्ययनका अनुसार मधुमेह नभएका महिलाहरूको तुलनामा मधुमेह भएका महिलाहरूमा सीएचडी हुने सम्भावना झन्डै तीन गुणा बढी हुन्छ । जबकी मधुमेह नभएका पुरुषहरूको तुलनामा मधुमेह भएका पुरुषहरूले केवल दुई गुणा सीएचडी विकास गर्ने सम्भावना हुन्छ ।

अध्ययनमा महिला र पुरुषको तुलना गर्दा मधुमेह भएका पुरुषहरूको भन्दा मधुमेह भएका महिलाहरूमा ४४ प्रतिशत बढी सीएचडी हुने सम्भावना बढी रहेको पत्ता लाग्यो । अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयका प्राध्यापक रेचेल हक्सलेले यो तथ्यांकलाई हेर्दा पुरुषहरूमा भन्दा महिलाहरुमा मधुमेह रोगको बढी जोखिम हुने निश्चित प्रमाण दिने बताउँछिन् ।

सन् १९६६ देखि २०११ सम्म करिब ५० वर्षको अवधिमा डाटा संकलित गरिएको थियो । यो ठूलो विश्वव्यापी अध्ययनमा ६४ अध्ययन, ८ लाख ५८ हजार ५ सय ७ व्यक्ति र २८ हजार २ सय ३ सीएचडीका बिरामीहरू समावेश छन् । यस अध्ययनले पहिले गरिएको सानो विश्लेषणको निष्कर्षलाई समर्थन गर्छ जसमा मधुमेह भएका पुरुषहरूको तुलनामा मधुमेह भएका महिलाहरूमा सीएचडीबाट मर्ने जोखिम ४६ प्रतिशत बढेको देखाएको थियो ।

Loading...