जेनेलिया भन्छिन्ः संक्रमित भएपछि आइसोलेसनमा बसेको २१ दिन सबैभन्दा चुनौतीपूर्ण

विराटनगर, १५ भदौ । बलिउड अभिनेत्री जेनेलिया डिसुजाले आफू कोभिड १९ संक्रमित भएको खबर सार्वजनिक गरेकी छिन् ।

जेनेलियाले आफू तीन हप्ताअघि संक्रमित भएको र संक्रमण भएको पत्ता लागेपछि आफू आइसोलेसनमा बस्नु परेको आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् जानकारी गराएकी हुन् । २१ दिन आइसोलेसन बसेपछि उनको रिपोर्ट नेगेटिभ आइसकेको उनले बताएकी छिन् ।

जेनेलिया लेख्छिन्, ‘तीन हप्ताअघि कोभिड संक्रमण भएको थाहा पाएदेखि आफू एसिम्पोमेटिक (लक्षण नदेखिएको) थिएँ । भगवानको कृपाले पछिल्लो २१ दिनदेखि रिपोर्ट नेगेटिभ आएको छ । सबैको साथ र आशीर्वादका कारण रोगसँगको लडाइ निकै सजिलो भए पनि डिजिटल एपमा बिताएको समयले एक्लोपनको समस्यालाई मार्न नसक्ने हुँदा आइसोलेसनमा बसेको २१ दिन सबैभन्दा चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

निको भएर आफ्नो परिवार र प्रियजन भएठाउँ फिर्ता हुन पाउँदा निकै खुसी रहेको उनी लेख्छिन् । जेनेलियासँगै अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलगायतका धेरै कलाकारहरू कोरोनाको संक्रमणबाट निको भइसकेका छन् ।

Loading...