विराटनगरमा ११ सहित प्रदेशमा थपिए ५६ संक्रमित, ५४ जना संक्रमण मुक्त

विराटनगर, १५ भदौ । विराटनगर महानगरपालिका भित्र ११ सहित प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिलामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

संखुवासभाको खाँदबारीमा १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ बाट सोमबार ५४ जना डिस्चार्ज भएका छन् । बी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण मुक्त हुनेको संख्या १ हजार ५८९ पुगेको छ ।

प्रदेश १ मा हाल सम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Loading...