रुपन्देहीमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

रुपन्देही, १५ भदौ । रुपन्देहीमा कोरोना भाइरस संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा जन्माइएको छ ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही सिद्धार्थनगरपालिकाकी २२ वर्षीया गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।

अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्वमा शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।

अस्पतालका सूचना अधिकारीसमेत रहेका डा. गौतमले बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका लागि राखिने र आमाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने जानकारी दिए ।

उनका अनुसार बच्चाको पनि पीसीआर परीक्षण गरिनेछ । भीम अस्पताल भैरहवाले रिफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।

Loading...