Rumpum

Rumpum Advertisement

लेवान्डोस्कीले ४० वर्षको उमेरसम्म फुटबल खेल्ने

लेवान्डोस्कीले ४० वर्षको उमेरसम्म फुटबल खेल्ने

एजेन्सी, १५ भदौ । बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले ४० वर्षसम्म फुटबल खेल्ने दाबी गरेका छन् ।

३२ वर्षीय पोल्याण्डका फुटबर लेवान्डोस्कीले ४०औं जन्मदिनसम्म खेल जीवन नछोड्ने बताएका हुन् ।

२०१९–२० को सिजन बुन्डेसलिगा क्लब बायर्नका लागि ५५ गोल गरेका लेवान्डोस्कीले पहिलो पटक च्याम्पियन्स लिगसमेत जिते । सन् २०१४ मा बायर्न आएका उनी पछिल्ला सिजन उच्च फर्ममा छन् ।

उनले यो सिजन बुन्डेसलिगामा ३४ गोल गरे भने च्याम्पियन्स लिगमा १५ तथा डीएफबी पोकलमा ६ गोल गरे । सन् २०१० यता बुन्डेसलिगा खेलिरहेका लेवान्डोस्की करिअरको बाँकी खेल पनि बायर्नबाटै खेल्ने पक्षमा छन् ।

‘सायद अब अझै म आठ वर्ष खेल्नेछु । हालको सम्झौता मेरा लागि अन्तिम हुनेछैन । म अझै लामो समय खेल्नेछु र अझै धेरै उपलब्धिहरू हासिल गर्नेछु । यसमा मेरो सहयात्री बायर्न नै हुनेछ,’ उनले स्काइ स्पोर्ट्ससँगकाे कुराकानीमा भने ।

‘मेरा अगाडि अझै धेरै वर्षहरू छन् । मैले आफ्नो करिअर समाप्त गर्नेबारे सोचेको छैन,’ उनले थपे ।