Rumpum

Rumpum Advertisement

बार्सिलोनाले स्वारेजको स्थानमा जेसस ल्याउने

बार्सिलोनाले स्वारेजको स्थानमा जेसस ल्याउने

एजेन्सी, १५ भदौ । बार्सिलोनाले आफ्ना फरवार्ड लुइस स्वारेजको स्थानमा म्यानचेस्टर सिटीका स्टार ग्राबियल जेसस ल्याउने भएको छ ।

विभिन्न स्पेनिस रिपोर्टहरूका अनुसार क्लब छोड्ने संघारमा रहेका उरुग्वेका स्टार स्वारेजको स्थानमा ब्राजिलियन स्टार जेसस ल्याउने भएको हो ।

ब्राजिलका स्ट्राइकर जेसस अझै पनि सिटीमा दोस्रो रोजाइमा पर्छन् । सर्जियो अगुएरोपछि उनी दोस्रो रोजाइमा पर्छन् । यसैले उनले सिटी छोड्न सक्ने आँकलन गरिन्छ ।

यता, बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले स्वारेजलाई हटाउने संकेत गरिसकेका छन् । आफ्ना नयाँ प्रोजेक्टमा नरहेको भन्दै कोइम्यानले स्वारेजलाई विकल्प खोज्न भनेका थिए ।

नयाँ विकल्पका रूपमा इटालियन क्लबसँग जोडिएपछि स्वारेजको स्थानमा जेसस ल्याउने तयारीमा बार्सिलोना रहेको जनाइएको छ ।