Rumpum

Rumpum Advertisement

होम आइसोलेशनमा संक्रमितको मृत्यु

होम आइसोलेशनमा संक्रमितको मृत्यु

रुपन्देही, १५ भदौ । रुपन्देहीमा होम आइसोलेशनमा बसेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो ।

११ भदौमा कोरोना संक्रमण पुष्टि आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।