दराज र भिसाबीच साझेदारी

काठमाडौ, १५ भदौ । नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन नेपालको अग्रणी अनलाइन बजार, दराज र डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्वलिडर भिसा साझेदारीमा प्रवेश गरेका छन् । २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै आफ्नो ग्राहकहरुका लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ ।

यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ (सेप्टेम्बर ३०) सम्म भिसा कार्ड प्रिपेडमा १५ प्रतिशत छुट दिइरहेका छन् । दराजमा पाँच हजारभन्दा बढी बिक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४५ हजारभन्दा बढी उत्पादनहरू रहेका छन् । ग्राहकहरुले यीमध्ये कुनै पनि छनौट गरी आफूले दराजमा सेभ गरिराखेको भिसा कार्डमार्फत् पूर्वभुक्तानी गरे पाँच सयसम्मको अधिकतम छुट पाउने छन् । यो अफर एकपटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रिपेड कार्डहरुमा लागू हुनेछ ।

‘नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ । त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन एकदमै खुसी छौं । यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिलेदेखि नै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।

भिसामा मर्चेन्ट सेल्स, अक्वेरिङ र साइबर सोर्सका प्रमुख सैलेश पलले भने, ‘सामाजिक दुरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन सपिङ हाल एकदमै महत्वपूर्ण भएको छ । हामी अनलाइन खरिददारहरूलाई अनलाइन भुक्तानी सुविधामार्फत् एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौँ र यसका लागि नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं । दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनीहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ ।’

Loading...