प्रतिरक्षा प्रणालीलाई मजबुत राख्ने यो घरेलु मिश्रण

विराटनगर, १५ भदौ । कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि आफ्नो प्रतिरोधक क्षमता बलियो बनाउनुका साथै यसलाई कायम राख्न धेरै महत्वपूर्ण हुन्छ ।

चिसो र खोकीजस्ता सामान्य संक्रमणले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । त्यसैले, मौसमी फ्लूको शिकार नहुनका लागि मानिसहरूले भरसक प्रयास गरिरहनु पर्छ । प्रतिरक्षा प्रणालीलाई मजबुत राख्ने धेरै जानकारीहरू छन् तर स्वस्थ रहन मद्दत गर्न घरेलु उपचारहरूभन्दा राम्रो अरू केही हुँदैन ।

सबै उपायहरू एकैपटक गर्नुभन्दा पनि तीमध्ये कुनै एक छान्नुहोस् र यसलाई आफ्नो दैनिक तालिकामा थप्नुहोस् । यदि अझ राम्रा घरेलु उपचार फेला पार्नु भएन भने, अदुवा, मह, मरिच र कागती–पानीलाई समावेश गर्न सक्नु हुन्छ । प्रतिरक्षा बढाउने यो पेय बनाउन छिटो र सजिलो तरिकाले बनाउन सकिन्छ ।

साथै, तीतो र कडा पिउन मन नपराउने बच्चाहरूका लागि पनि एक राम्रो विकल्प हुन्छ । अदुवा, मह, मरिच र कागती यी सबै चिजहरू ज्वरो, चिसो र खोकी जस्ता स्वास्थ्य समस्याहरूको समाधान गर्न अत्यन्त प्रभावकारी छन् । एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेटरी र एन्टिआक्सिडन्ट गुणहरूसहितका यी कुराहरूको संयोजनले जीवाणु संक्रमणबाट राहत प्रदान गर्न, रोग प्रतिरोधक क्षमता सुधार गर्ने र पाचन प्रणालीलाई सुदृढ पार्न मद्दत गर्छ ।

तातो पानीमा अदुवा, मह, मरिच र कागती हालेर पिउँदा यसले घाँटी दुखाइ र नाक बग्ने जस्ता समस्याका लागि तत्काल राहत प्रदान गर्छ साथै प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई रोग लाग्न दिँदैन ।

Loading...