कोरोना मुक्त मेयरलाई पितृ शोक

विराटनगर, १५ भदौ । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पितृ शोक परेको छ ।

उनका ७८ वर्षीय बुवा चिरञ्जीवी लाल सरावगीको उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा आइतबारराति निधन भएको हो । उनलाई उपचारका लागि साउन २४ गते काठमाडौं लगेर अस्पतालमा भर्ना गरिएको थियो ।

उनी मृगौला र मुटु सम्बन्धी समस्याबाट पीडित थिए । उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । चिरञ्जीवी लाल सरावगी वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

उनको सोमबार पशुपति आर्यघाटमा अन्तिम संकार गरिने मेयर सरावगीले जानकारी दिए। यसअघि कोरोनाबाट संक्रमित बनेर आइसोलेसनमा रहेका मेयर सरावगी केही दिनअघि मात्रै कोरोना मुक्त भएका हुन् ।

Loading...