Rumpum

Rumpum Advertisement

उम्टिटीले पनि गरेनन् कोरोना परीक्षण

उम्टिटीले पनि गरेनन् कोरोना परीक्षण

एजेन्सी, १५ भदौ । फ्रेन्च स्टार सामुअल उम्टिटी पनि बार्सिलोनाको कोरोना भाइरस परीक्षणमा अनुपस्थित भएका छन् । सोमबारबाट प्रशिक्षणमा फर्किने तयारीमा रहेको बार्सिलोनाबाट डिफेन्डर उम्टिटीले पीसीआर परीक्षण नगरेका हुन् ।

प्रि–सिजनको तयारीमा रहेको बार्सिलोनाले आइतबार खेलाडी र स्टाफहरूको कोरोना परीक्षण गरेको थियो । जसमा, कप्तान लियोनल मेस्सी अनुपस्थित रहेका थिए ।

क्लब छोड्ने जानकारी गराइसकेको हुँदा मेस्सीले पीसीआर परीक्षण गर्न अस्वीकार गरेका थिए । बार्सिलोनाका नयाँ खेल निर्देशक रामोन प्लानले कोरोना परीक्षण गरी खेलाडीलाई आजबाट प्रशिक्षण मैदान फर्काउने योजनामा छन् ।

‘सीओपीए’का अनुसार होम क्वारेन्टाइनमा भएका कारण उम्टिटीले कोरोना परीक्षण नगराएका हुन् ।

१४ जुलाईमा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । खबरका अनुसार उनी आइतबार दिउँसो मात्र प्राइभेट जेटमार्फत बार्सिलोना आइपुगेका थिए ।

उम्टिटीले बार्सिलोनाबाट खासै मौका पाएका छैनन् । विगत दुई सिजनयता नियमित बार्सिलोनाको टोलीबाट उनले खेल्न पाएका छैनन् ।