घरमा पंखा जोड्दा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर, १५ भदौ । आफ्नै घरमा पंखा जोड्दा करेन्ट लागेर मोरङको बेलबारी नगरपालिका–८ की एक महिलाको आइतबार साँझ मृत्यु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घरमा पंखा जोड्ने क्रममा अचानक करेन्ट लागेर २८ वार्षीय फूलकुमारी धिमालको मृत्यु भएको जानकारी दिए । करेन्ट लागेर घाइते भएकी धिमालको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको उनले बताए ।

प्रहरीले घरमा पंखा जोड्ने क्रममा सावधानी अपनाउन नसक्दा महिलाले ज्यान गुमाउनु परेको जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

Loading...