विश्वमा कोरोनाले आठ लाख ५० हजार बढीको मृत्यु

विराटनगर, १५ भदौ । विश्वमा कोरोना भाइरस संक्रमणका कारण आठ लाख ५० हजार बढीको मृत्यु भएको छ ।

एकै दिन चार हजार एक सय ५९ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या आठ लाख ५० हजार एक सय ४० पुगेको छ । विश्वमा हालसम्म दुई करोड ५३ लाख ७७ हजार एक सय छ जनामा संक्रमण पुष्टि भइसकेको छ । दुई लाख १९ हजार दुई सय ९० जनामा एकै दिन संक्रमण देखियो ।

एक करोड ७६ लाख ९८ हजार पाँच सय एक जना उपचारपछि घर फर्किएका छन् । ६८ लाख २८ हजार चार सय ६५ जना उपचाररत रहेकोमा ६१ हजार तीन सय ८५ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा मात्रै कोरोना भाइरस संक्रमित एक लाख ८७ हजार दुई सय १५ जनाको मृत्यु भइसकेको छ । ६१ लाख ७२ हजार छ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

३४ लाख २३ हजार दुई सय ४८ जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् । २५ लाख ६२ हजार एक सय ६९ जना उपचाररत रहेकोमा १६ हजार नौ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा कोरोनाका कारण एक लाख २० हजार आठ सय ९६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३८ लाख ६२ हजार तीन सय ११ पुगेको छ ।

३० लाख ३१ हजार पाँच सय ५९ जना उपचारपछि घर फर्किएका छन् । सात लाख नौ हजार आठ सय ५६ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

भारतमा हालसम्म कोरोनाका कारण ६४ हजार छ सय १६ जनाले ज्यान गुमाए । पछिल्लो २४ घण्टामा मात्रै नौ सय ६० जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।

हालसम्म संक्रमित संख्या ३६ लाख १९ हजार एक सय ६९ जनामा संक्रमण देखिएको छ । एकै दिन ७९ हजार चार सय ५७ जना नयाँ संक्रमित थपिए ।

२७ लाख ७२ हजार नौ सय २८ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । सात लाख ८१ हजार छ सय २४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब छ ।

Loading...