Rumpum Advertisement

चन्द समूहका नेता भुजेल र पौडेल रिहा, रिहाइलगत्तै फरार

चन्द समूहका नेता भुजेल र पौडेल रिहा, रिहाइलगत्तै फरार

सप्तरी, १४ भदाै । नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आइतबार सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् ।

सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरूलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरूलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही ४ भदौमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालत सुनसरीले २ भदौमा पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरू पक्राउ थिए ।