‘मेस्सी र बार्सिलोनाबीचको नाटक च्याम्पियन्स लिग अघिदेखि नै’

एजेन्सी, १४ भदौ । जर्मन क्लब बायर्न म्युनिखका डिफेन्डर जेरोम बोयटाङले बार्सिलोना र अर्जेन्टिनी स्टार मेस्सीबीचको विवाद च्याम्पियन्स लिग अघिदेखि नै सुरु भएको बताएका छन् ।

पछिल्लो समय बार्सिलोना र मेस्सीबीचको विवाद चर्किरहेको छ । मेस्सीले तेस्रो पटक क्लब छोड्ने अडान लिएका छन् भने बार्सिलोनाले उनलाई अन्त जान नदिने प्रयास गरिरहेको छ । यो अवस्था बायर्नसँगको ८–२ गोलान्तरको लज्जास्पद हारका कारण भएको बताइन्छ ।

च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा लज्जास्पद हारका कारण मेस्सी र बार्सिलोनाबीचक खटपट आएको बताइन्छ । तर, जर्मन फुटबलर बोयटाङले भने यो अवस्था च्याम्पियन्स लिग अघिदेखि नै भएको बताउँछन् ।

‘तपाईंले याद गर्नुभएको होला कि बार्सिलोना र मेस्सीबीचको यो नाटक च्याम्पियन्स लिग अघिदेखि नै सुरु भएको हो’, उनले बाइल्डसँगको अन्तर्वार्तामा भने, ‘पेप ग्वार्डीओला र मेस्सीले एकसाथ महान सफलताहरूको उत्सब मनाइसकेका छन् । यसैले दुवैले एक–अर्काको महत्त्व बुझेका छन् ।’

Loading...