कोरोना संक्रमित भेटिएको सुकुम्बासी टोल सेनिटाइज

कोरोना संक्रमित भेटिएको सुकुम्बासी टोल सेनिटाइज

विराटनगर, १४ भदौ । कोरोना संक्रमित भेटिएपछि स्थानीय युवाले विराटनगर महानगरपालिका – १ परोपकार क्षेत्र भित्र रहेको सुकुम्बासी बस्तीमा सेनिटाइन गरेका छन ।

स्थानीय युवा निरज कट्टेलको अगुवाईमा श्रीनगर टोला परोपकार घाट क्षेत्र भित्र र सुकुम्बासी बस्ती सेनटिाइज गरेका हुन ।

शनिबार निरज कट्टेल र ऋषव नेपालले ३५ घरमा सेनिटाइन गरेका थिए । प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा संक्रमित देखिएको घर र सुकुम्बासी टोल आसपास सेनिटाइज गरेको कट्टेलले जानकारी दिए । केही दिन अघि सुकुम्बासी टोलमा दुई परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएको थियो ।