Rumpum Advertisement

भर्चुअल तेक्वान्दोमा पूर्णिमा र भिजनलाई स्वर्ण

भर्चुअल तेक्वान्दोमा पूर्णिमा र भिजनलाई स्वर्ण

काठमाडाैं, १४ भदाै । मुलपानी तेक्वान्दो डोजाङले आयोजना गरेको ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’मा पूर्णिमा बस्नेत र भिजन तामाङले स्वर्ण पदक जितेका छन् ।

यु–१२ महिला एकलतर्फ विजेश्वरी आवासीय माविकी पूर्णिमा छ दशमलव ९३ अंक प्राप्त गर्दै पहिलो भइन् । उक्त स्पर्धामा मुलपानीकी मेलिना राई छ दशमलव ५० अंक प्राप्त गर्दै दोस्रो तथा गोदावरी फिट्नेसकी सर्गम थापा र काभ्रेस्थलीकी सुस्मिता कार्की तेस्रो भइन् । थापाले छ दशमलव ३० अंक र कार्कीले छ दशमलव २० अंक प्राप्त गरिन् ।

यस्तै यु–१२ पुरुष एकलतर्फ मुलपानीका भिजन छ दशमलव ३३ अंक जोड्दै पहिलो भए । सोही स्पर्धामा काभ्रेस्थलीका मिराज केसी छ दशमलव २३ अंक प्राप्त गर्दै दोस्रो भए । मुलपानीका रोनिश नगरकोटी छ दशमलव १३ अंक तथा मुलपानीकै ईश्वर पराजुली छ दशमलव ०३ अंक ल्याई तेस्रो भएको आयोजक काठमाडौँ जिल्ला तेक्वान्दो संकका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा यू–१५ पुरुष एकलतर्फ कैलालीका अमनकुमार कठारियाले छ दशमलव २६ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जिते ।

मुलपानीका आयुश ढुङ्गेल छ दशमलव १४ अङ्कसहित दोस्रो तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ छ दशमलव १३ अङ्क र योग्य राई छ दशमलव ०६ अङ्कसहित तेस्रो भए ।

यसैगरी यु–१५ महिला एकलतर्फ चितवनकी आँचल बजगाईँले स्वर्ण पदक जित्नुभयो । उहाँले छ दशमलव ४६ अङ्क प्राप्त गरे ।

मुलपानीकी प्रगति कुइँकेल छ दशमलव ३३ अङ्क प्राप्त गर्दै दोस्रो तथा विजेश्वरीकी प्राप्ति पुन छ दशमलव १६ अङ्क र काभ्रेस्थलीकी विनिशा खड्गी छ दशमलव १० अङ्कसहित तेस्रो भए ।

यसैगरी ३१–४० वर्ष उमेर समूहको पुरुष एकलतर्फ रुपन्देहीका सुरज श्रेष्ठले स्वर्ण पदक जिते । उनले पाँच दशमलव ९३ अङ्क प्राप्त गरे ।

सोही स्पर्धामा काठमाडौँ मैत्रीका रामचन्द्र व्यञ्जन्कार पाँच दशमलव ६६ अङ्कसहित दोस्रो भए । बागलुङका नन्द विष्ट पाँच दशमलव ५६ अङ्क तथा योन्सुफका दुर्गामान तामाङ पाँच दशमलव ३६ अङ्क प्राप्त गर्दै तेस्रो भए ।

प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको अध्यक्ष खड्काले बताए । रासस