थ्रेसरले टाउको च्यापेर चालकको मृत्यु

झापा, १४ भदाै । झापामा थ्रेसरले टाउको च्यापेर चालकको मृत्यु भएकाे छ । च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसर यन्त्रले टाउको च्यापेर झापाकाे कनकाई नगरपालिका–२ निवासी २४ वर्षीय विकास लिम्बूको मृत्यु भएकाे हाे ।

आइतबार चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार हरि कार्कीका घरमा च्याउ खेतीका लागि पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको ट्रयाक्टरमा थ्रेसर जडान गरिएको थियो ।

अचानक अपराह्न १ः ३० बजे यन्त्रमा च्यापिएर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...