Rumpum

Rumpum Advertisement

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी, १४ भदौ । सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालक २६ वर्षीय जगदेव मेहताको मृत्यु भएको हो ।

आइतबार दिउँसो पौने २ बजे पश्चिमतर्फ जाँदै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भोक्राहा नर्सिङ–६ का मोटरसाइकल चालक मेहता घाइते भएका थिए ।

गम्भीर घाइते उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।