चिन्तित भएर वा रिसाएर खाना खाँदा पेटमा समस्याहरू उत्पन्न हुनसक्छ

विराटनगर, १४ भदौ । रिसले मुडलाई मात्र नभइ शारीरिक र मानसिक स्वास्थ्यमा समेत खराब नतिजा ल्याउन सक्छ ।

रिस तथा तनावमा हुँदा स्नायु प्रणालीले तनाव प्रतिक्रिया सक्रिय गरेर कोर्टिसोलको स्तरमा वृद्धि गराउँछ । जसकारण मानिसलाई क्रोधित हुने, विचलित भएको महशुस हुने, आवेगमा ल्याउन सक्ने तथा धेरै खाने हुन सक्छ ।

क्रोधित भएको बेला भावनामा बहेर धेरै र अस्वस्थ्यकर खाना खानले शारीरिक आवश्यकता पूरा गर्दैन । यसले केबल मानसिक रूपमा मानिसलाई शान्त गर्न मद्दत गर्छ र यो स्वस्थ अभ्यास होइन ।

रिसाउँदा, निराश हुँदा वा चिन्तामा रहेको बेला सम्पूर्ण आन्तरिक प्रणालीमा असर पर्छ । तनावमा भएको बेला खानालाई पचाउन र अवशोषित गर्न मानिसको शरीरलाई डिजाइन गरिएको छैन ।

रिसाउँदा मानिसको सहानुभूतिशील स्नायु प्रणाली सक्रिय हुन्छ जसको परिणामस्वरूप पाचन प्रक्रिया बन्द हुन्छ । यसबाहेक रक्तचाप, रगतमा चिनी र कोलेस्ट्रोलको स्तर पनि बढ्न जान्छ ।

जसले गर्दा शरीरलाई खाना पचाउन र पौष्टिक तत्वहरू अवशोषित गर्न गाह्रो बनाउँछ । रिस उठेको बेला खाना खाँदा पेटसम्बन्धी जटिलताहरू निम्तिन सक्छन् ।

क्रोधित भएको बेला खाना खानु कसैको लागि पनि राम्रो हुँदैन, विशेषगरी पेटसम्बन्धी जटिलताबाट पीडित व्यक्तिहरूका लागि यसले झन् नराम्रो असर गर्न सक्छ ।

केही चिन्तित भएमा वा रिसाको बेलामा पहिले शान्त हुन समय लिनुहोस् ।

केहीबेर आराम गरेर सामान्य भएपछि मात्र खाना खानुहोस् ।

पेटसँग सम्बन्धित समस्याहरूबाट बच्नको लागि खानाकाई राम्रोसँग चबाउनु पर्छ । खाना खाएपछि रक्तचाप बढ्ने हुँदा व्यायाम र नुहाउन हुँदैन भनेर सल्लाह दिइन्छ ।

Loading...