Rumpum

Rumpum Advertisement

विराटनगरमा थपिए ४२ संक्रमित, कुन वडामा कति ?

विराटनगरमा थपिए ४२ संक्रमित, कुन वडामा कति ?

विराटनगर, १४ भदौ । विराटनगर महानगरपालिकामा आइतबार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ महिला र २१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार विराटनगरको वडा नंं १ मा तीन महिला र एक पुरुष गरी चारजना, वडा नं. २ मा दुई पुरुष र दुई महिला गरी चारजना, वडा नं. ३ मा एक महिला र तीन पुुरुष गरी चारजना, वडा नं. ४ मा दुई महिला र तीन पुरुष गरी पाँचजना, वडा नं. ६ मा दुई महिला र एक पुरुष गरी तीनजना, वडा नं. ७ मा एक पुरुष, वडा नं. ८ मा एक महिला र तीन पुरुष गरी चारजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, वडा नं. ९ मा एक महिला, वडा नं. १० मा एक महिला, वडा नं. ११ मा चार महिला र एक महिला र दुई पुरूष गरी छजना, वडा नं. १२ एक महिला र एक पुरुष गरी दुईजना, वडा नं. १४ मा एक पुरुष, वडा नं. १५ एक पुरुष र वडा नं. १६ मा १ महिलामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।