Rumpum

Rumpum Advertisement

काठमाडौं उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए

काठमाडौं, १४ भदौ । काठमाडौं उपत्यकामा आइतबार थप ४२९ जना नयाँ कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४२९ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार थपिएका संक्रमितहरू काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जना रहेका छन्

यससँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५ हजार ४ सय २७ पुगेको छ ।