Rumpum

Rumpum Advertisement

आज एकैदिन १४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

आज एकैदिन १४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

विराटनगर, १४ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

आइतबार एकै दिन १४ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरी र रुपन्देहीका २–२ जना पुरुष तथा सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका एक–एक जना पुरुषहरू रहेका छन् ।

यस्तै सुनसरी, बारा, महोत्तरी, काठमाडौंका एक–एक महिलाको पनि कोरोनाबाट ज्यान गएको हो ।

आज ३४८ महिला र ८७३ पुरुष गरी थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितकाे संख्या ३८ हजार ५६१ पुगेकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।